नियम ११क
संहिताहरु (कोडस) पालना वा कुशल अभ्यासको प्रमाणपत्र लिन दरखास्त दिनु पर्नेः
(१) ऐन तथा यस नियमावली बमोजिम औषधिको उत्पादन अनुज्ञापत्र प्रा उद्योग वा औषधि बिक्रि वितरणको लागि नाम दर्ता भएका बिक्रेताले औषधि उत्पादन गर्दा वा बिक्रि वितरण गर्दा बिभागले जारी गरेका संहिताहरु (कोड्स) पालना भएको बा औषधि उत्पादनमा कुशल उत्पादन बा बिक्री बितरण अभ्यास अवलम्बन गरेको प्रमाणपत्र लिन चाहेमा विभागमा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त दरखास्त उपर आवश्यकता अनुसार स्थलगत निरीक्षण गरी जाँचबुझ गर्दा निवेदकले संहिताहरु (कोड्स) पालना गरेको वा औषधि उत्पादनमा कुशल उत्पादन वा बिक्री वितरण अभ्यास अवलम्बन गरेको पाइएमा विभागले अनुसूची- १४ बमोजिमको दस्तुर लिई सोको प्रमाणपत्र दिनेछ ।